तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

vibes nepal / आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनी लिमिटेडले ९ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ। आज कार्यलय समयपश्चात तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर निष्काशन बन्द हुने छ।

 

 

 

 

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता शेयर बिक्री खुला गरेको छ ।

 

 

 

 

 

कम्पनीको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

 

 

 

कहाँ-कहाँबाट दिने आवेदन?

 

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ।

 

 

 

रेटिङ्ग कति?

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

 

 

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

 

 

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो