भोलि देखि तेह्रथुम पावर कम्पनीको आईपीओ बिक्री खुला, कति कित्ता आवदेन दिने ?

vibes nepal / मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित

भोलि देखि तेह्रथुम पावर कम्पनीको आईपीओ बिक्री खुला, कति कित्ता आवदेन दिने ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलि बुधवार भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपिओ) को निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

 

 

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

 

 

 

कम्पनीको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

 

 

 

आवेदन कहिलेसम्म दिने ?

 

कम्पनीको उक्त आईपिओमा दिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ। कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

 

 

 

कहाँ-कहाँबाट दिने आवेदन?

 

 

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ।

 

 

 

रेटिङ्ग कति?

 

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

 

 

 

 

 

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो