मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३ जनाले पाए ११ कित्ता

vibes nepal / सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३ जनाले पाए ११ कित्ता

मानुषी लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) आज भदौ ७ गते, सोमबार, लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ।

 

 

 

 

 

 

 

लघुवित्तले संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

 

 

 

 

 

 

 

 

 

आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताकाे दरले शेयर वितरण हुनेछ ।

 

त्यस अनुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाउनेछन् ।

 

माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतले शेयर नपाउने देखिन्छ ।

 

आर्थिक वर्ष ०७७/­७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ।

तपाईलाई यो खबर कस्तो लाग्यो