मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुदै

vibes nepal / आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुदै

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) भोलि सोमबार बाँडफाँड हुने आईपीओकाे बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले जनाएकाे छ ।

 

 

 

 

 

 

 

लघुवित्तले संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

 

 

 

 

 

 

 

 

 

कम्पनीको आईपिओमा अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।

 

 

 

 

 

 

 

 

 

मानुषी लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ। मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर हात पार्नेछन्। त्यस्तै बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो