पछिल्लो २४ घण्टामा २,०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

vibes nepal / शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २,०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २,०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

त्यसैगरि पछिल्लो २४ घण्टामा २,३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४८५ जनाको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो