पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

vibes nepal / बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।

 

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो