ग्लोबल आइएमई बैंकको नाफा ४ अर्बभन्दा बढी, ईपीएस कति?

vibes nepal / सोमबार, साउन ३२, २०७८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्बभन्दा बढी, ईपीएस कति?

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले ४ अर्बभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ।

 

 

 

गत असार मसान्तसम्ममा बैंकले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

 

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.०५ प्रतिशत बढेको छ।

 

 

त्यस्तै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ११ अर्ब ५ करोड ५८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ९ अर्ब ८५ करोड ८५ लाख रुपैयाँमा सीमित थियो ।

 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसाले बढेको छ । त्यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा पुगेको छ बैंकको पीई रेसियो २३.१२ गुणा रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो