नबिल बैंकको खुद नाफा साढे ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी

vibes nepal / सोमबार, साउन ३२, २०७८ मा प्रकाशित

नबिल बैंकको खुद नाफा साढे ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा साढे ४ अर्ब नाघेको छ भने वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी रहेको छ।

 

गत असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

 

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत र सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ।

 

चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३७.११ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा घटेर ३२ रुपैयाँ ५४ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो