हकप्रद शेयर निष्काशनका लागि एक्सेल डेभलपमेन्ट बैंकले पायो बोर्डबाट अनुमति

vibes nepal / आइतबार, साउन ३१, २०७८ मा प्रकाशित

हकप्रद शेयर निष्काशनका लागि एक्सेल डेभलपमेन्ट बैंकले पायो बोर्डबाट अनुमति

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

 

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । बोर्डले बैंकलाई आज साउन ३१ गते हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो।

 

 

बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

 

 

हाल बैंककाे चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्कासनपछि बैंककाे पूँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।

 

IMG 20210815 152459

तपाईलाई यो खबर कस्तो लाग्यो