पहिलो दिनमै कुलमानको एक्सन, २ अर्ब ३४ करोड फाइदा

vibes nepal / शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

पहिलो दिनमै कुलमानको एक्सन, २ अर्ब ३४ करोड फाइदा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पहिलो दिनबाटै एक्सनमा उत्रिएका छन् । घिसिङले विभिन्न उद्योगहरुले तिर्न बाँकी रहेको बक्यौता रकम उठाउन विशेष पहल लिएर एक्सनमा उत्रिएका हुन् ।

 

हेटौंडाको शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी महसुल २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । घिसिङ उत्तः बक्यौता रकम उठाएकै छाड्ने प्रतिवद्धता यक्त गरेका छन् ।

 

हेटौंडा–१६ मा रहेको सिमेन्ट सिमेन्ट उद्योगले उद्योग सञ्चालनका लागि लिएको डेडिकेटेड फिडरको महसुल तिर्न आनाकानी गर्दै आएको थियो । अहिले घिसिङले ‘शिवम् सिमेन्टको महसुल जसरी पछि उठाउने भन्दै बहानाबाजी गर्न नपाइन उनको भनाई छ ।

 

केन्द्रको भन्दै विद्युत प्राधिकरणले शिवम् सिमेन्टलाई अहिलेसम्म छुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर शशिभूषण शाहले आफ्नो अधिकार क्षेत्रभित्र परे तापनि आफूले सो उद्योगको विद्युत काट्न नसकेको स्वीकार गरेका छन् ।

 

केन्द्रसम्म शिवम् सिमेन्टले विभिन्न माग राखेको, निवदेन दिएको कारणले केन्द्रको दबाबमा विद्युत महसुल उठाउन नसकेको उनले बताए । प्राधिकरणले सो बक्यौता महसुल उठाउने प्रयास गरिरहेको जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो