सानिमा लाईफ इन्स्योरेन्सको आइपीओ शनिबार बाँडफाँड हुने

vibes nepal / शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

सानिमा लाईफ इन्स्योरेन्सको आइपीओ शनिबार बाँडफाँड हुने

सानिमा लाईफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ।

 

 

 

 

उक्त आइपीओ शनिबार  बिहान ११ बजे निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।

 

 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

 

 

 

 

 

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।

 

 

 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीको आईपीओकाे बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुने छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ

 

 

 

यो पनि पढ्नुहोस् :

 

न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्काशन गर्ने, कसले दिन पाउँछ आवेदन ?

 

 

 

 

 

https://vibesnepal.com/6377.html

 

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो