उदयपुरमा भिरबाट लडेर १ जनाको मृत्यु

vibes nepal / बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

उदयपुरमा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

 

 

 

पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

 

 

 

 

 

 

आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।

 

 

 

 

 

मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत बेदप्रसाद गौतमले बताए ।

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो