सानिमा लाईफको आइपीओ आइतवार बाँडफाँड हुने

vibes nepal / बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

सानिमा लाईफको आइपीओ आइतवार  बाँडफाँड हुने

सानिमा लाईफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) आइतवार बाँडफाँड हुने भएको छ ।

 

उक्त आइपीओ आइतवार बिहान ९ बजे निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।

 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

 

 

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।

 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीको आईपीओकाे बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुने छन् ।

 

 

 

 

 

 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ

 

यो पनि पढ्नुहोस् :

न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्काशन गर्ने, कसले दिन पाउँछ आवेदन ?

 

 

https://vibesnepal.com/6377.html

 

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो