मैलुङ खोला जलविद्युतको आइपिओ बाँडफाँड , भाग्यशाली ६ जनाले पाए ११ कित्ता

vibes nepal / मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

मैलुङ खोला जलविद्युतको आइपिओ बाँडफाँड , भाग्यशाली ६ जनाले पाए ११ कित्ता

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज (साउन २६ गते) मंगलबार बाँडफाँड सम्पन्न भएको छ।

 

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने २० लाख ६५ हजार १२४ जना मात्रै बाँडफाँडका लागि योग्य भएका हुन् । कम्पनीको प्राथमिक शेयर ६८ हजार ४७४ जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । ६८ हजार ४७४ आवेदक मध्ये ६ जना भाग्यशालीले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन ।

 

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। कम्पनीले यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

 

 

 

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।

 

 

 

 

 

मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो