साना किसान विकास लघुवित्तको व्याज आम्दानी घट्यो

Vibes Nepal / मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

साना किसान विकास लघुवित्तको व्याज आम्दानी घट्यो

साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेड (SKBBL) ले आर्थिक बर्ष २०७७/७८ को अन्तिम तथा चौथो त्रैमासको वित्तिय विवरण प्रकासित गरेको छ। विवरण अनुसार कम्पनीले चौथो त्रैमास सम्ममा रु.६१.४९ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा १२.१८% ले वृद्धि भएको छ। खुद नाफा बढे बढे पनि शेयर संख्या वृद्धिको अनुपात खुद नाफा भन्दा धेरै भएका कारण प्रति शेयर आम्दानी रु.५४.८१ बाट घटेर रु.४९.१४ कायम हुन आएको छ।

व्याज आम्दानीमा १६.६४% ले गिरावट आए पनि व्याज खर्च घट्नुका कारण खुद व्याज आम्दानीमा ९.०२% को वृद्धि र कर्जा नोक्सानी व्यवस्था वापत रु.२०.०७ करोड फिर्ता आएका कारणहरुले कम्पनी को खुद नाफा बढेको हो।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५% बोनस शेयर वितरण गरेको यस लघुवित्तको चुक्ता पूंजी रु.१.२५ अर्ब रहेको छ। यस्तै, जगेडा तथा कोष १७.८३% ले वृद्धि भएर रु.२.३२ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात २०.९६% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.३.५७ अर्ब कायम भएको छ। कुल शेयरधनीकोष बढे पनि लघुवित्तको शेयर संख्या बढेका कारण प्रति शेयर किताबी मुल्य भने रु.२९७.३७ बाट घटेर रु.२८५.८७ कायम हुन आएको छ।

त्यस्तै, थोक कर्जा प्रवाह गर्ने लघुवित्तले व्यवसायमा प्रगति गरेको छ। अन्तिम त्रैमास सम्ममा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.२०.३१ अर्ब कर्जा सापट लिई रु.२४.५३ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ४.५८% र १४.८१% ले बढेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो