कृषि सचिवमा शर्मा, परराष्ट्रका ३ उपसचिवको बढुवा

Vibes Nepal / सोमबार, साउन २५, २०७८ मा प्रकाशित

कृषि सचिवमा शर्मा, परराष्ट्रका ३ उपसचिवको बढुवा

काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो