पछिल्लो २४ घण्टामा थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु

vibes nepal / सोमबार, साउन २५, २०७८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् । संक्रमण सङ्ख्या १० हजार ११५ पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो