मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ भोलि मंगलबार बाँडफाँट हुने

vibes nepal / सोमबार, साउन २५, २०७८ मा प्रकाशित

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ भोलि मंगलबार बाँडफाँट हुने

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ ।

उक्त आइपीओ भोलि मंगलबार बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।

 

 

मैलुङ खोला जलविद्युत कम्पनीले आज साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो  । कम्पनीले यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले छुट्याएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

 

 

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् ।

 

त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।

 

 

 

 

 

 

 

मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

 

 

 

 

छुटाउनुभयो कि?

 

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

 

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो