आज दिउँसो २ बजेर २ मिनेटसम्ममा पठाओ एपबाट ट्याक्सी बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चढ्न पाउने

vibes nepal / सोमबार, साउन २५, २०७८ मा प्रकाशित

पठाओ कार लाईट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आज (अगस्ट ९, सोमबार) पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ।

 

 

 

 

दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा पठाओको मोबाइल एप मार्फत कार लाईट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चढ्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

 

 

 

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ। ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन्।

 

 

 

क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत ब्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन्। पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज भएको विज्ञप्तिमा उल्लेख छ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो