मुलुकभर ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाकाे मृत्यु

vibes nepal / बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

मुलुकभर ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

 

मन्त्रालयका अनुसार देशभर १८ हजार ४०८ जनाको कोरोना परीक्षण भएकामा ३ हजार ९ सय ३८ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ ।

 

त्यसैगरी, बितेको २४ घण्टामा ३७ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल ९ हजार ९ सय ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो