सामलिङ्ग पावरको आईपीओ निष्काशन गर्ने मिति सर्यो

vibes nepal / बुधबार, साउन २०, २०७८ मा प्रकाशित

सामलिङ्ग पावरको आईपीओ निष्काशन गर्ने मिति सर्यो

सामलिङ पावर कम्पनीले शुक्रबार (साउन २२ गते) देखि आयोजना प्रभावितका लागि निष्कासन खुला गर्न लागेको आइपीओ तत्काललाई बन्द भएको छ । l इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म लागु गरिएको निषेधाज्ञाका कारण निष्काशन मिति सारिएको कम्पनीले बताएको छ।

 

अब कहिलेबाट निष्काशन तथा बिक्री खुला गर्ने भन्नेबारेमा अर्को सूचना सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

 

कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

 

 

 

आवेदन कहिलेसम्म दिने ?

 

निष्काशन बन्द छिटोमा भदौ ४ गते हुनेछ भने ढिलोमा भदौ २० गते हुनेछ। । आईपीओमा नेपा एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

 

 

आवेदन कहिलेसम्म दिने ?

 

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 

 

 

रेटिङ्ग कति

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

 

 

छुटाउनुभयो कि?

 

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

 

https://vibesnepal.com/6178.html

 

 

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । ”

तपाईलाई यो खबर कस्तो लाग्यो