आज बाट सानिमा लाइफ इन्सुरेन्सको आईपीओ निष्कासन, कति कित्ता आवेदन दिँदा ठिक ?

vibes nepal / बुधबार, साउन २०, २०७८ मा प्रकाशित

आज बाट सानिमा लाइफ इन्सुरेन्सको आईपीओ निष्कासन, कति कित्ता आवेदन दिँदा ठिक ?

सानिमा लाइफ इन्स्योरेन्सले आज बुधबार साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ । इन्स्योरेन्सले  कुल जारी पूँजी २ अर्ब रुपैयाँको  ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो।

आवेदन कहिलेसम्म दिने ?

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन  सकिने छ ।

कहाँ-कहाँबाट दिने आवेदन?

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

रेटिङ्ग कति?

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले सानिमा लाइफलाई ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

छुटाउनुभयो कि?

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

https://vibesnepal.com/6178.html

 

   “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो