काठमाडौँ उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा लम्बियो

vibes nepal / मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

काठमाडौँ उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा लम्बियो

काठमाडौँ उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।

 

मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

 

 

निर्णयानुसार निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

 

 

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो