मुलुकभर ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

vibes nepal / मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

मुलुकभर ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो