विद्युत प्राधिकरणमा पुनः कुलमानलाई नियुक्त गर्ने तयारी

vibes nepal / मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

विद्युत प्राधिकरणमा पुनः कुलमानलाई नियुक्त गर्ने तयारी

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

 

मन्त्री भुषालले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।

 

कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

 

 

स्रोतका अनुसार शाक्यले राजीनामा नदिएको खण्डमा सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

 

 

 

प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो