भोलि देखि सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ विक्री खुला,कति कित्ता आवदेन दिने ?

vibes nepal / मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

भोलि देखि सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ विक्री खुला,कति कित्ता आवदेन दिने ?

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

 

 

 

इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ % अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ % सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० % प्राथमिक शेयर जारी गर्न लागेको हो।

 

 

 

आवेदन कहिलेसम्म दिने ?

 

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

 

 

कहाँ-कहाँबाट दिने आवेदन?

 

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

 

 

रेटिङ्ग कति?

 

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

 

 

 

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

 

 

छुटाउनुभयो कि?

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

https://vibesnepal.com/6178.html

 

   “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो