थप ३,१२५ कोरोना संक्रमित, २३ जनाको मृत्यु

vibes nepal / सोमबार, साउन १८, २०७८ मा प्रकाशित

थप ३,१२५ कोरोना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।

 

अहिले नेपालमा ३१ हजार ६ सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ८१ हजार २५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । नेपालमा अहिलेसम्म २० लाख दुई सय ११ जनाले दुइ वटै मात्रा र ४१ लाख ६३ हजार दुई सय ५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो