कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित हुने

vibes nepal / सोमबार, साउन १८, २०७८ मा प्रकाशित

कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित हुने

कक्षा १२ सहित सबै तहको परीक्षा स्थ’गन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले को’रोना भाइरसको जो’खिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।

 

भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।

 

कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो