के MCC नै चाहिने हो त देश विकास गर्नका लागि?

Vibes Nepal / सोमबार, साउन १८, २०७८ मा प्रकाशित

के MCC नै चाहिने हो त देश विकास गर्नका लागि?

MCC सम्झौता मार्फत नेपालले पाउनुपर्ने रकम: $६३,००,००,०००×रु.१२०= रु.७५,६०,००,००,००० हुन आउने रहेछ र यस ७५ अर्ब ६० करोड लाई नेपालका स्वतन्त्र जनसंख्या (२९७०११८०×०.६) ले भाग गर्दा रु. ४२४२.२६ हुने रहेछ। जुन पैंसा देश विकासका निम्ति भनी हरेक स्वतन्त्र/रोजगार जनसंख्यालाई मार्पत जुटाउँदा फरक नपर्ने देखियो। हामी नेपाल आमालाई माया गर्ने नेपालीले, नेपाल विकासका लागि रु.४२५० जति दिन नसक्ने हो त? १ करोड ७८ लाख २० हजार जनता सबैले चाहे ५ महिना देखि १० महिना भित्र रु.४२५० सरकारलाई विकास कोष स्वरूप दिन सक्नेछौं।

हामी नेपाली जनताले सरकारलाई रु. ४/५ हजार दिन नसक्ने होइन, पक्कै सक्छौं तर के सरकारसँग रु. १/१ को सही सदुपयोग गर्ने आँट छ? के १ रूपियाँको खर्च विवरण हामीलाई दिन सक्नुहुन्छ? सक्नुहुन्छ भने हामी पनि सक्छौं।

तपाईलाई यो खबर कस्तो लाग्यो