युनियन लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

vibes nepal / आइतबार, साउन १७, २०७८ मा प्रकाशित

युनियन लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पनि साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

 

स्टकका अनुसार कम्पनीकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

 

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ । अब भाेलि साेमबारबाट काराेबार सुरू हुनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो