युनियन लाइफ इन्स्याेरेन्सकाे आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

vibes nepal / शनिबार, साउन १६, २०७८ मा प्रकाशित

युनियन लाइफ इन्स्याेरेन्सकाे आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ ।

 

 

 

हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

 

 

 

 

 

 

 

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

 

 

 

 

 

 

 

युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बमाेजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण गरेकाे छ ।

 

 

 

 

 

 

 

छुटाउनुभयो कि?

https://vibesnepal.com/6178.html

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो