मनकामना स्मार्ट लघुवित्तको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

vibes nepal / शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ ।

 

हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

 

नेप्सेले मनकामना स्मार्ट लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

 

आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।

 

पछिल्लाे समय दाेश्राे बजारमा प्राय सबै कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू हुने गरेकाे छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार पनि अधिकतम रेञ्जबाट नै सुरू हुन सक्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो