मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा पहिलो दिनमै यति धेरैले गरे आवेदन

vibes nepal / बिहिबार, साउन १४, २०७८ मा प्रकाशित

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा पहिलो दिनमै यति धेरैले गरे आवेदन

मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ।

 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीकाे आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

 

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

 

आवेदन कहिलेसम्म दिने ?

आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ ।

 

 

 

कहाँ-कहाँबाट दिने आवेदन

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

 

कति दिने आवेदन ?

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखी १००० कित्ता सम्म आवेदन दिन सकिनेछ।आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

रेटिङ्ग कति

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।

 

 

मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

 

छुटाउनुभयो कि?

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

https://vibesnepal.com/6178.html

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो