एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै आइपीओ भर्न सकिने

vibes nepal / सोमबार, साउन ११, २०७८ मा प्रकाशित

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै आइपीओ भर्न सकिने

 

 

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने IPO मा आवेदन दिन सकिने भएको छ । एनआइसी एसियाको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

 

बैंकको एप ‘ NIC ASIA MoBank’ प्रयोगकर्ताहरुले एप भित्र रहेको ‘Apply Share’ आइकनमा’ आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ ।

 

 

ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहक मुक्त भएका छन ।

 

साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको ‘Apply Now’ आइकनमा ट्याप गरेर समेत आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो