मनकामना स्मार्ट लघुवित्तको,ओपनिङ्ग रेन्ज कति ?

vibes nepal / आइतबार, साउन १०, २०७८ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको,ओपनिङ्ग रेन्ज कति ?

नेप्सेले मनकामना स्मार्ट लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

 

आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।

 

पछिल्लाे समय दाेश्राे बजारमा प्राय सबै कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू हुने गरेकाे छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार पनि अधिकतम रेञ्जबाट नै सुरू हुन सक्नेछ ।

 

यो पनि पढ्नुहोस् : मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै

https://vibesnepal.com/6178.html

 

“ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो