फेसबुकबाटै प्रदेश हाँक्ने मुख्यमन्त्री पोखरेल कति लोकप्रिय?

प्रधान सम्पादक / शनिबार, साउन ०९, २०७८ मा प्रकाशित

फेसबुकबाटै प्रदेश हाँक्ने मुख्यमन्त्री पोखरेल कति लोकप्रिय?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अरु मुख्यमन्त्रीहरु भन्दा अलिक बढी नै सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् ।

हुन्त पछिल्लो समय नेपाली राजनीतिका शीर्ष नेताहरुले सामाजिक सञ्जालको प्रयोग बढाउँदै गएका छन् । फेसबुक, ट्विटर र कतिपय नेताहरुले टिकटसम्म चलाउने र भिडियो हाल्ने गर्दछन् । त्यसको उदाहरण हुन् निवर्तमान प्रधानमन्त्री केपीशर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा, एमाले नेत्री रामकुमारी झाँक्री लगायतले टिकटक बनाउँछन् ।

केही समय अघिसम्म सामाजिक सञ्जाल चलाउन नसक्ने भनेर आलोचित बन्ने गरेका नेताहरुले पछिल्लो क्रममा फेसबुक, ट्विटर चलाउन थाल्नु सुखद कुरा हो ।जनताको काम गर्छु भनेर चुनाव लड्ने नेताहरुले सामाजिक सञ्जालमा पनि जनताकै आवाज बोलून, जनताको लागि आफूहरुले गरेका विकासका कामहरु बताउन् भन्ने सबैको चाहना रहन्छ ।

तर देशका केही नेताहरु सामाजिक सञ्जालमा उरन्ठेउलो स्टाट्स लेख्ने र तीनै स्टाट्समा आएका कमेन्टहरुको रिप्लाई गर्दै बस्ने, जनता र विकासका कुरा अत्यन्तै कम गर्ने गर्दछन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा अलिक बढी नै सक्रिय देखिन्छन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाएमाले स्थायी कमिटि सदस्य शंकर पोखरेल ।उनले कहिले काँही दिनमा चारपटक भन्दा बढी सम्म स्टाटस पोष्ट गर्ने गरेका छन् ।

उनका ९० प्रतिशत भन्दा बढी स्टाट्स आफ्नै पार्टीका विवाद, झगडा, विपक्षी दलको आलोचना लगायतमा खर्चिएका छन् । एकाध घट्नाहरुमामात्रै उनले जनताका आवाज बोल्ने गरेका छन् ।

कमेन्ट पढेर समय विताउँछन् मुख्यमन्त्री

मुख्यमन्त्री पोखरेलले दैनिक स्टाटस मात्र लेख्दैनन् उनले कमेन्टहरु पढ्दै त्यसमा प्रतिक्रिया समेत दिने गर्दछन् । केहीहप्ता अघि उनको एक स्टाटसमा अधिकांशले आलोचनायुक्त कमेन्ट गरेको भन्दै एकजनाले कमेन्ट गरे ।त्यसको रिप्लाईमा मुख्यमन्त्री पोखरेलको जवाफ थियो,– ‘४२ सय लाइकपनि त छन नी !’ त्यस प्रतिक्रिया पछि मुख्यमन्त्री आलोचनाको पात्र बने ।

उनलाई अधिकांश व्यक्तिहरुले फेसबुके मुख्यमन्त्रीको संज्ञा दिने गरेका छन् ।विहिबार उनले एक स्टाट्स लेखे– ‘अन्तर पार्टी संघर्षमा गुप्त रुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात हो भने खुलेआमत्यसो गर्नु र गराउनु गद्दारी हो ।’

यो समाचार तयार पार्दासम्म उनको स्टाटसमा कुल २९ सय जनाले रियाक्ट गरेका छन् । जसमा २८ सयले लाइक गरेका छन् भने २४०जनाले हाहा रियाक्ट गरेका छन् । त्यसका कमेन्टमा कतिपयले फेसबुके मुख्यमन्त्री भनेर कमेन्ट गरेका छन् । कतिपयले अल्पमतका मुख्यमन्त्री भनेर मजाक उडाएका छन् ।

गुल्मीका एमाले नेताराजेन्द्र विक्रम कुवँरले ‘बहुमत गुमेपछी संसद छोडेर भाग्नु चाहिँ के हो मुख्यमन्त्री ज्यू ?’ भनेर प्रश्न गरेका छन् ।त्यस्तै कृष्ण भट्टराईले ‘नैतिकता भए कि बिश्वासको मत लिनु कि मुख्य मन्त्रीको पद छोड्नु’ भनेर कमेन्ट गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सोही प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सक्रिय नै देखिन्छन् । तर मुख्यमन्त्री पोखरेल जस्तो चाँहि होइन ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादव, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, कर्णालीका मुख्यमन्त्री महेन्द्र शाही भने सामाजिक सञ्जालमा खासै देखिदैनन् ।

दैनिक रुपमा देश र जनताको निम्ती काम गर्ने बाचा गरि नेतृत्व तहमा पुगेको जिम्मेवारी व्यक्तिहरुले उरन्ठेउलो स्टाटस लेख्ने, कमेन्ट पढ्ने र त्यसैमा समय खेर फाल्नुलाई बेठीक भन्छन् राजनीतिक विश्लेषक हरु । सामाजिक सञ्जालमा रमाउनु भन्दा त्यो समय विकासको निम्ती सोच्ने हो भने देश सुन्दर हुने उनीहरुको भनाई छ ।

सामाजिक सञ्जालमा दैनिक स्टाटस लेख्नु भन्ना कुनै विशेष महत्व राख्ने स्टाटस हप्तामा एक पटक लेख्दा त्यसले व्यक्तिको

तपाईलाई यो खबर कस्तो लाग्यो