आज देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात चल्ने

vibes nepal / शनिबार, साउन ०९, २०७८ मा प्रकाशित

आज देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात चल्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौले आज शनिबार (साउन ९ गते) देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

 

 

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइनेपरीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

 

IMG 20210723 233837

 

कोभिड–१९ सङ्क्रमण  नियन्त्रण  तथा  व्यवस्थापनसम्बन्धी  आवश्यक  मापदण्डको  पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न र अनिबार्य रुपमा लामो दूरीमा यात्रा गर्नेलाई टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न प्रशासनले भनेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो