युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुँदै,७३ प्रतिशतले शेयर नपाउने

vibes nepal / बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुँदै,७३ प्रतिशतले शेयर नपाउने

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) आज बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आईपीओ आज बेलुकी बाँडफाँट गर्ने भएको हो ।

 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन् भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ ।

मागभन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले कम्पनीको बाँडफाँट गर्दा ५ लाख ८० हजार ५०० जना आवेदकले शेयर पाउनेछन् ।

बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर नपाउने देखिएकाे छ ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

    “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो