नेसनल हाइड्रोपावरको साधारण सभा आज, फेरिपनि लगानीकर्ताको हात खाली

Vibes Nepal / बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

नेसनल हाइड्रोपावरको साधारण सभा आज, फेरिपनि लगानीकर्ताको हात खाली

काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीले आज बिहीबार असार ३१ गते वार्षिक साधारण’सभा आयोजना गर्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं विनायकनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिकप्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषय’ मा छलफल गर्ने प्रस्ताव छ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानी कर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन । यस अघि कम्पनीले चैत २७ गते बोलाएको सभा गणपुरक संख्या नपुगे पछि स्थगित गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो