नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

vibes nepal / बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा १.५१ प्रतिशतदेखि ३.५१ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ४.१ प्रतिशतदेखि ६.५१ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ११.५ प्रतिशत देखि न्यूनतम ०.५० प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतमहिना जेठ मसान्तमा बैंकको ब्याजको आधारदर ५.७१ प्रतिशत कायम गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो