महिला हस्तमैथुन : मिथक र सत्य

Vibes Nepal / बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

महिला हस्तमैथुन : मिथक र सत्य

मेरो नाम सेहिना हो र म नियमित हस्तमैथुन गर्छु । के तपाईं गर्नुहुन्छ ? यद्यपि महिलाहरुमा हस्त मैथुनका सम्बन्धमा उति धेरै चर्चा हुँदैन । के उनीहरु हस्तमैथुन बारे खुलेर कुरा गर्छन् ?

म २४ वर्षकी भएँ । मलाई याद छ कि पुरुष हरु विद्यालयमा हस्तमैथुन बारे खुलेर कुरा गर्थे । तर, केटीहरु ? स्पष्ट छ उनीहरु’लाई यसको लागि स्वतन्त्रता छैन । यदि कुनै केटाले हामी सबै जसो केटीहरुलाई हस्तमैथुनको बारेमा सोधे भने हाम्रो जवाफ हुन्छ, ‘गरेको छैन, यो अश्लील हो ।’ हामी हस्तमैथुन गर्नेले पनि जवाफ यस्तै दिने गर्छौं ।

जबकि यही प्रश्न कुनै केटालाई सोध्यो भने उनले धक नमानी भन्नेछन्, ‘लुकाउने कुरा नै के छ र ? हस्तमैथुन गर्छु ।’ यी जवाफ’हरुबाट के भेउ मिल्छ भने, महिलामा कामुकता हुँदैन र यस सन्दर्भमा पुरुष अगाडि छन् ।

pexels photo 5750402

 

 

 

 

 

 

हस्तमैथुन हानिकारक छ ?

जो युवती हस्तमैथुन गर्छन् उनीहरु यस्तो कुरा अरुसँग गर्न लजाउँछिन्। तर, पुरुषको हकमा भने यस्ताे बिल्कुल छैन । म उस्तै किशोरी थिएँ, जोसँग व्यवहारमा यी सबै कुरा भएको थियो । म मान्छु, मेरा कुनैपनि महिला साथीहरुले हस्तमैथुन गरेनन् । त्यो उमेरमा त मैले पनि गरिन । त्यसबेला म सोच्थे कि यो अश्लील हो, यसले मेरो गुप्तांग विकृत हुनेछ ।

म विगत’लाई कोट्याउन चाहन्छु । जहाँ सेहीना डराएकी किशोरी हुन् । उनले हस्तमैथुन गर्छु भनिरहेकी छिन् । तर, यस्तो गर्नका लागि पनि बर्षौंको प्रतीक्षा गर्नुपर्‍यो । २० वर्षको उमेरमा पनि मैले यस्तो गर्न सकिन । त्यस’पछि मात्र मैले पहिलो यौन’सुख प्राप्त गरे । मलाई लाग्थ्यो कि महिला हस्तमैथुन केही अनौठो किसिमको हुन्छ ।

अलग–अलग तरिका

किन हाम्रो शरीर र त्यसका लागि यौन सुख एक आधारभूत आवश्यकता हो भन्ने बुझ्दैनौं ? हामी लाई चित्र को माध्यम बाट लिंग र भजाइना देखाइएको थियो तर भजाइना’ को बारेमा बताइएको थिएन । के अधिकांश मान्छे आफ्नो गुप्ताङ्गको बारेमा नबुझी नै ठूला भएका हुन्छन् त ?

पोर्नमा केवल यौन’उत्तेजना महसुस गर्न सकिन्छ । तर, हामीले बुझ्नु पर्छ कि युवाहरु अलगअलग तरिकाले यौन सुखप्राप्त गर्छन् । युवाहरुले आफ्नो गुप्ताङ्गको बारेमा जान्नुपर्छ । उनीहरुले मूलधारको पोर्नमा अल्झिएर बस्नु हुँदैन । मान्छेमा यौनसँग सम्बन्धित भ्रम, लाज, पछुतो पनि बाँचि’रहेको छ ।

हस्त’मैथुनको बारेमा खुला चर्चा गर्न थाले’पछि मैले थाहा पाएँ कि, धेरै-जसोले किशोरवयमा हस्तमैथुन गरेका थिएनन् । किनभने यो उमेरमा यौनलाई लिएर हामीमा एक किसिमको लाज, ग्लानी हुन्छ । यो’कुरा गलत हो भन्ने धारणा गहिरोसँग बसेको हुन्छ । यौनजन्य गतिविधि गर्नु घृणित हो भन्ने बुझ्छन् ।

म १५ वर्षको उमेरमा हुँदा मलाई मेरी आमाले हस्तमैथुनको बारेमा बताएकी थिइन् । साथै उनले मलाई सम्झाउनु बाएको थियो कि हस्तमैथुन गर्नु सामान्य र स्वाभाविक हो भन्ने बुझाएकी थिइन् । साथसाथै हस्त मैथुन गरेपछि आफुलाई कसरी सबैभन्दा राम्रो तरिकाले यौन सुख प्राप्त हुन्छ भन्ने ज्ञान दिनु भएको थियो । विवाहपछि यौन सुख प्राप्त गर्नका लागि विवाह अघि हस्तमैथुन गर्नु उचित हुने कुरा गरेकी थिइन् ।

यति’बेला मेरो जवाफ थियो, ‘आमा मसँग यस्तो कुरा नगर्नुहोला ।’ तर, कम्तीमा उनले प्रयास गरे र मलाई अहिले राम्रो लाग्यो ।

महिला हस्तमैथुनका सम्बन्धमा चारैतिर मौनता छ । यो एक हानिकारक मान्यता हो कि, महिला कामुक हुँदैनन् । म यसलाई बिल्कुल बकवास भन्छु । महिला पनि पुरुष जस्तै कामुक हुन्छन् । महिलामा पनि पुरुषमा जस्तै यौन इच्छा जागृत हुन्छ । उनीहरुले पनि पुरुषले जस्तै यौनसुख लिन चाहेका हुन्छन् ।

हामी कहिलेकाहीँ यस्तो यौन सुख लिन रुचाउँछौं, जहाँ हामी नितान्त एक्लो हुन्छौं । त्यहाँ कोही नहोस् । यति लामो समय’पछि म आफ्नो देहसँग एकदमै सहज छु । म आफैले आफैबाट यौनसुख प्राप्त गर्न सक्छु । म आफ्नो पार्टनरबाट के चाहन्छु ? यस सम्बन्धमा पनि मसँग आत्मविश्वास छ । हरेकको कामुक अलगअलग तरिकाको हुन्छ ।

मलाई लाग्छ, हस्तमैथुन सबैभन्दा सहज र सुरक्षित तरिका हो । कुनै पनि किसिमको स्पर्शबाट तपाईं चरम यौन सुख लिन सक्नुहुन्छ । यसले आफूलाई र अरुलाई कुनै हानी गर्दैन । अरुलाई कुनै किसिमको असर गर्दैन ।

राम्रो निद्रा र तनावमुक्ती

हस्तमैथुनले केही ओखतीको कामपनि गर्छ । यसबाट तपाईंले गहिरो निद्रा’प्राप्त गर्न सक्नुहुन्छ । साथै तनाव बाट मुक्त पनि रहन सक्नुहुन्छ । अरु औषधि’बाट यस्तो कुरा सहजै प्राप्त हुँदैन, जुन हस्तमैथुनबाट हुन्छ । यसका लागि यौन उत्तेजनालाई बुझ्ने कक्षा हुनुपर्छ । हस्तमैथुनले तपाईं र तपाईंको यौन’जीवनलाई अझ सशक्त बनाउँछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो