नर्भिक अस्पतालद्वारा आइपीओ निष्काशन गर्ने तयारी

vibes nepal / मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित

नर्भिक अस्पतालद्वारा आइपीओ निष्काशन गर्ने तयारी

नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो ।

 

 

 

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो ।

 

 

 

 

योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमीटेड’ भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो