युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

vibes nepal / सोमबार, असार २८, २०७८ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गते देखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ। आज कार्यलय समयपश्चात युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर निश्काशन बन्द हुने छ।

 

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

 

 

 

इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

 

 

 

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

 

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ। गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा रहेको छ। चालु आर्थिक वर्षमा प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ र प्रतिशेयर आम्दानी ४ रुपैयाँ १७ पैसा हुने प्रक्षेपण गरिएको छ।

 

    “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । ”

तपाईलाई यो खबर कस्तो लाग्यो