मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुँदै

vibes nepal / आइतबार, असार २७, २०७८ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुँदै

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ ।

उक्त आईपीओकाे बाँडफाँड भाेलि साेमबार बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा हुने भएको छ ।

 

संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

 

कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।

 

मनकामना स्मार्ट लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ। मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन्। त्यस्तै बाँकी १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो