कोपा अमेरिकाको उपाधी अर्जेन्टिनालाई

vibes nepal / आइतबार, असार २७, २०७८ मा प्रकाशित

कोपा अमेरिकाको उपाधी अर्जेन्टिनालाई

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो