मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड हुने मिति सार्वजनिक

vibes nepal / शुक्रबार, असार २५, २०७८ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओ  बाँडफाँड हुने मिति सार्वजनिक

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट आज (शुक्रबार) सम्पन्न भएकाे छ ।

विक्री प्रबन्धक एनएमिबि क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएमा सोमबार आइपीओ बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

 

संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

 

कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।

 

मनकामना स्मार्ट लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ। मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन्। त्यस्तै बाँकी १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ ।

यो पनि हेर्नुहोस्: जीवन विकास लघुवित्तको, ओपनिङ्ग रेन्ज कति ?https://vibesnepal.com/5911.html

तपाईलाई यो खबर कस्तो लाग्यो