२३.७६ अंकले नेप्से बढ्दा २८२४.८९ विन्दुमा पुगेको छ

Vibes Nepal / बिहिबार, असार २४, २०७८ मा प्रकाशित

२३.७६ अंकले नेप्से बढ्दा २८२४.८९  विन्दुमा पुगेको छ

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोड माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको २१ करोड १८ लाख माथिको सेयर कारोबार भएको छ । आज २ समुहबाहेक सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नाफा गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो