फेरी अर्को ७ करोड ३६ लाख बराबरको आईपीओ आउदै,हेर्नुहोस् सम्पूर्ण जानकारी

vibes nepal / बिहिबार, असार २४, २०७८ मा प्रकाशित

फेरी अर्को ७ करोड ३६  लाख बराबरको आईपीओ आउदै,हेर्नुहोस् सम्पूर्ण जानकारी

मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

कम्पनीले सर्वसाधारणको लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बाेर्डबाट असार २३ गते अनुमति पाएको हो।

मैलुङ्ग खोला जलविद्युत कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ।

आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो