लोग्नेमान्छे भनेको स्वास्नीको शरीर बलिया हुँदा मात्र आफ्नो हुने रहेछ

Vibes Nepal / बिहिबार, असार २४, २०७८ मा प्रकाशित

लोग्नेमान्छे भनेको स्वास्नीको शरीर बलिया हुँदा मात्र आफ्नो हुने रहेछ

५ बर्षकी छोरीकी आमा भै’सकेकी एक जना सफा चरित्रकी साथीले पहिलोपल्ट मलाई सुनाई के गर्नु यार सुष्मा, बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ, आफूलाई भने निन्द्रै लाग्दैन । केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को समस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र छोरीको त वास्ता ब्यास्ता गर्दैन फेसबुकमा मात्रै झुण्डि रहन्छ ।

मैले श्रीमान श्रीमतीबिचको सामान्य कुरा सम्झेर उसलाई सम्झाएँ । उ अफिसमा काम गर्छ , लोग्ने र छोरीको पनि सारै ख्याल राखेकी छ । बुढाबुढीमा हुनुपर्ने सबै ब्य’वहार सामान्य छ । दुवै पट्टीका परिवारका उनीहरू प्रिय बुहारी ज्वाईं हुन् । पैसा छ , सुविधा छ, सबै राम्रो छ तै’पनि उसले पछिल्लो समय पटक – पटक यो कुरा दोहोर्याई’रहेकी छ ।

उ शिक्षित महिला हो, श्रीमान लाई चौपट्टी माया गर्छ , तर पनि उ खु:शी छैन भन्ने अर्थमा समाजले त उसलाई चरित्र गलत भएकी , सेक्स धेरै चाहिने रहेछ त्यही भएर बुढासंग रिस उठेको भन्न’मात्र जानेको छ । लोग्नेलाई उसले यो कुरा राख्नै सक्दिन किनकी उसको श्रीमानले बुझेको सेक्स भनेको लोग्ने मान्छेको विर्य स्खलन गर्नेमात्र हो । त्यसमा स्वास्नीको कर्तव्य लोग्नेको ईसारामा शरिर मिलाउनु मात्र हो ।

त्यसै’गरी अर्को पटकको भेटमा उसको गुनासो फरक देखियो उनी भन्थिन् , “खै यार मेरो जिन्दगी त बर्बाद भयो , पहिले त सोच्थें सेक्स नै हाम्रो समस्या तर अहिले आएर’ लाग्छ, यस्ले मलाई मन नै पराउँदैन माया नै गर्दैन ।” उसले उदाहरण’हरु पेस गर्दा मलाई पनि दिक्दार लाग्यो यो पटक । पछिल्लो पटक भन्न थालेकी छ , मलाई त झुण्डेर मर्दिउँ जस्तै लाग्छ , छोरीको बिजोग हुन्छ भनेर मात्र हो ।

यस बिषयमा कुरा गर्न’खोज्यो भने , उसले अहिले उल्टो कसको आड पाएर मसँग निउँ खोजेकी छस् भनेर बखेडा गर्छ । अथवा कसले सिकायो तँलाई भनेर शंका गर्छ । यसरी नै अर्की दिदीले पनि आफ्नो समस्या सियर गरिन् , भन्छिन् : छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो । दुनिया केटीसंग लागेको छ भनेर सुनाउँछिन् , जीन्दगी यस्तै रहेछ बैनी ।

लोग्ने मान्छे भनेको स्वास्नीको शरिर बलियो हुँदा मात्र आफ्नो हुने रहेछ । केहि वर्ष पहिले म डेरा गरेर बस्ने घरको पल्लो घरमा एकजना २७ बर्षकी युवती बबस्थिन । उनको एक’वटा हुर्कि’सकेको छोरा थियो । कसो-कसो उनि र म साथी बन्न पुगेका थियौं । मिल्न थाले’पछि उनले सुनाएकी थिईन् सुष्मा , मेरो त १४ बर्षको हुँदा ३१ बर्षको केटा सँग विवाह भएको हो । हामीबिच बिचार नमिले पनि छोरा जन्मियो । उसको माया नै नलागे’पनि समाजको डरले अरुसँग जान सकिन । म अहिले कसैको प्रेममा छु । यो कुरा थाहा भयो भने मलाई त वे’श्या नै सम्झन्छन् किनकी उसँग मेरो शारिरीक सम्बन्ध पनि छ । मैले कोशिष गरेको हुँ आफ्नै लोग्नेबाट माया पाउन तर खै के मिलेन मिलेन । उसलाई सुनाउँ भने आफ्ना बानी सुधार्न मायाले फकाउनु’भन्दा कसले सिकायो यो कुरा भनेर उल्टो खेप्छ । आईमाईको मन त हो , मायाले बोलोस् कियर गरोस सँगै घुम्न जाउँ भनोस् , जस्तो लाग्दोरहेछ । उसले मेरो वे’ वास्ता गर्दा म नचाहँदा नचाहँदै पनि अर्केको मायाँमा परें । यी त प्रतिनिधी पात्रका उदाहरण मात्र हुन् ।

धेरै अघि देखी म यौ’नले निम्त्याउने समस्या माथी कथा लेख्दै आएका’ले पनि मसँग यस्ता समस्याहरुका चाङ नै छन् । मेरो बिचारमा यौ’न कुण्ठा र त्यसले निम्त्याउने दुर्घटना सामान्य कुरा होईनन् । यो लेखिनु पर्ने बिषय हो बिषेशत महिलाका मामिलामा यस प्रकारका समस्या धेरै देखिन्छन् । केटीमान्छेले आफ्ना धारणा जस्तै समस्या पनि श्रीमानलाई बताउन सकिरहेका छैनन् । जुन कुरालाई लोग्नमान्छेले नी बुझ्न जरुरी छ र आफ्ना श्रीमतीको चाहनालाई मनन गरे पारिवारिक समस्या बाट टाढा रहन सकिन्छ ।

श्रीमान सं’भोग पछि आफ्नो वास्ता’सम्म नगरी उता फर्किएर निदाउँछ , यो गुनासो अत्यन्त धेरै छ महिलाहरुमा । यसबाट के बुझिन्छ भने श्रीमतीले शरिर भन्दा ज्यादा मायाको आवश्यकता महशुष गर्छन । भर्खरै कार्यान्वयनमा गएको परिमार्जित मुलुकी अपराध संहिताको परिच्छेद :- १८ करणी सम्बन्धी कसूरको दफा दुई सय १९ को , उपदफा ५ मा पत्नी’लाई जबर्जस्ती गरे पतिलाई ५ वर्ष कैद सजाय हुने कुरा उल्लेख गरिए’को छ ।

जसमा पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने र पत्नीले आफूलाई पतिले ज’बर्जस्ती करणी गरेको उजुरी दिएमा कानुन अनुसार कारबाही भोग्नु पर्नेछ भनिएको छ । यो कानुनको सदुपयोग गर्ने हो भने हामीले कल्पनाा नै नगरेको संख्यामा लोग्नेबाट बलात्कृत हुने महिलाका उजुरी पर्ने छन् तर मलाई लाग्छ यो मुद्धा हेर्न बसेको नि’कायलाई जति फुर्सद अरुलाई हुने छैन ।
किनकी शिक्षीत भन्दा शिक्षित महिला पनि आफुलाई लेग्नेले बलात्कार गर्छ भनेर उजुरी दिन हिचकिचाउँछन् , डराउँछन् भने साधारण महिलाले यो सकसलाई दुनियासामु ल्याउने कुरा ब्य’वहारमा लागु हुने सम्भावना ज्या’दा भन्दा ज्यादा न्युन नै हुन्छ । पहिलो कुरा त लोग्नेले आफुलाई ईच्छानै नहुँदा पनि भो’ग गर्छ भने पनि उसले यो कुरा’लाई मन’मै दवाएर राख्छे । आफ्ना नजिकका साथी’लाई समेत सुनाउन सक्दैनन् महिलाले । सुनाईनै हाले पनि दोस्री महिला’ले सामान्य सुझाव दिएर यो बिषय बाट अलग हुन खोज्छन् ।

सेक्स शब्द नै ला’ज सँग जोडेर हेरिने हाम्रो समाज’ले लोग्ने’लाई दिएजती अधिकार स्वास्नी’लाई दिनै सक्दैन । हाम्रो समाजमा पर:पुरुषसँग एकपटक मात्र शारिरीक सम्पर्क राखेको श्रीमानले थाहा पायो भने? उसले कुनै पनि हालतमा त्यो श्रीमतीलाई स्व’कार्न मान्दैन , यसमा अधिकांश पुरुष मन दु : खेर भन्दा पनि उसले आफ्नो मर्द स्वाभिमानमा धक्का लागेको सम्झन्छ ।

३ बर्ष अघि श्रीमतीको ह’त्या शिर्षकको कथा पढेर १ जना बिबाहित युवतीले मलाई लामो म्यासेज गरिन् आफ्नो श्रीमान’ले आफुलाई दिएको पिडा सहित । पछि उनि’सँग कुरा हुँदै जाँदा मलाई उनले आफ्नो व्यथा सुनाईन् । अरुबेला बेवास्था गर्ने र अरू केटीहरु संग हिड्ने उनको लोग्नेले राती ओ’ छ्यानमा आफुलाई मनपरि गर्दा , मानसिक रुपमा असाध्यै पि’डा हुने कुरा बताइन् । यसै बिषयमा परेको झगडामा उनले मलाई तपाँई’सँग सेक्स गर्न मन छैन के भनेकी थिईन् उनका श्रीमानले बेसरी कुटेछन् । त्यसपछि हरेक रात उनको गुप्तागंमा नभई गु’द्वारमा छिर्न थाल्यो पुरुष प्रमाणित गर्ने उसको अंग । त्यो पिडा सहन नसकिने खालको भए’पनि उनले आज सम्म कसैलाई भन्न सकेकी छैनन् किनकी उनलाई समाजले आफैं’लाई दोस लगाउँछ भन्ने डर रहेछ । श्रीमती’ले आफु शारिरीक सम्पर्क मा सन्तुष्ट नभए’को कुरा सुनाउँदा श्रीमानले सिधै आफ्नो पुरुषार्थ’मा औंला उठाएको सम्झेर जुन दूरब्यवहार ति महिलाई गर्छ। त्यस्ता बलत्का’रका उजुरी गर्दा महिला ले आफ्नै अझ बदनाम हुने महशुष गरेको पाईन्छ । २०७३ साल कात्तिक र मंसिरको महिना भाईरल भएको समाचार थियो कन्चन शर्मा रेग्मी । समाचारका शिर्षक उनका पूर्व’पति मोहन रेग्मी र उनको सम्बन्धमा मात्र केन्द्रित भयो तर यो झगडाको मुल कारण अदृश्य रर्यो ।

 

त्यो समय यी पति’पत्नी दुबैले आफु ब’लात्कृत भएको अभि’ब्यक्ती दिएका थिए । मोहनले कन्चनबाट आफु बलात्कृत भएको बताए कन्चनले मोहनबाट । यसबाट दुई जनाको मन’संगै शारिरीक सम्पर्कपनि बाझिएको रहेछ भन्ने कुरा प्रस्ट बुझिन्छ । पछिल्लो समय महिलाहरु आफु माथी लोग्ने’बाट भएका अत्या’चारका बारेमा बोल्न न’डराए पनि उनिहरुले आफ्नो ओ’छ्यानको समस्या’माथी न्याय मागेको बिरलै भेटिन्छ ।
जवकी मन नमिलेका श्रीमान-श्रीमती बिचपनि एउटै घर र ओ’छ्यान मा हुँदा प्रायः श्रीमानले श्रीमती’माथी ज’बर्जस्ती गरेकै हुन्छन् । से’क्स यस्तो कुरा हो जसले दिनभर झगडा परेका लोग्नेस्वास्नीको झगडा पनि राती मिलाई’दिन्छ ।

यति संवेदनशील कुरा’माथी पनि किन मान्छे लेख्न बोल्न चाहँदैन? किनकी जसले यो बिषयमा बोल्छ उसलाई आत्म’विश्वास छैनकी , भोलीबाट समाजमा म उहि ईज्जतका साथ हिड्न सक्छु । यसरी म बे’श्या बने शिर्षकको मेरो कथा पढेर धेरै राम्रा प्रतिकृया आए । जसमध्य एकजना गणेश नामका ब्यक्तीले पठाएको मेलमा भनिएको थियो । ‘ तिम्रो रेट कति हो , म बिदेशमा छु तिमी संग सेक्स गर्न मन लाग्यो , जति पैसा भन्छौ त्यती दिन्छु । ‘ अव भनौं त्यो कथा एकजना केटिले जीवनमा गर्नु परेको पिडादा’यी संघर्ष थियो , धेरैले बुझेपनि हाम्रो समाजमा यस्ता धेरै गणेशहरु छन्।
जो पाएँ भने म पनि किन छोड्ने , यस्तो अप्ठ्यारोमा रैछे अलिकति पैसा दिए त मानि’हाल्छेनी भन्ने मानसिकता छ । उनले कथा कसले लेख्यो , को हो तिर भन्दा पनि आफ्नो मान’सिकता प्रस्तुत गरे । यहि युवकले भोली बिहे गरे पछि आफ्नो श्रीमती’लाई ब’लात्का’र गर्ला कि नगर्ला ?

जानेर नजानेर श्रीमती भनेको नै नि:शुल्क से’क्स गर्ने साधन स’म्झनेहरु पनि धेरै छन् । जो पुरुष आफु से’क्सको चाहारामा हिंड्छ उसले श्रीमतीको खुब चियो चर्चा गरिरहेको भेटिन्छ । जवकी अधिकांस महिलाहरु संभोगका लागि तव मात्र तयार हुन्छन् , जब उसको मनमा त्यो पुरुषप्रति माया हुन्छ र त्यो पुरुषबाट माया र केयर पाउँछ। त्यसो हो भने श्री’मानले श्रीमतीका लागि त झन् कति माया गर्नु’पर्ला ? जवकी उसले आफ्नो सारा’जीवन उसका लागि समर्पित गरेकी छ । के श्री’मानका कमजोरी’लाई नजरअन्दाज गरेर उसको ईज्जतमा आफुलाई बलि’दिने नारीहरुमाथी बला’त्कार हुनु सानो कुरा हो ? साथै सं’भोगका लागि स्त्रि’का शरिर मात्रै नभई मन पनि उत्तीकै सक्रिय हुन्छ जति पुरुष शरिर र मन हुन्छ ।

हाम्रो समाजमा श्रीमतीलाई मन लाग्यो भने’पनि श्रीमानले कहिले आफै भन्देला भनेर कुर्नु पर्छ । जबकि श्रीमानलाई मन लाग्यो भने अनुमती सम्म माग्नु पर्दैन । एउटै घरका लोग्नेस्वास्नीमा जब लोग्ने राती अवेर आएर सजि’लै भन्छ यार साथीहरु थिए आउनै दिएनन् त्यो समय श्रीमानले यो बुझ्दैनन् कि साथी त बुढीका नि छन्।
उ’पनि यो समयसम्म बाहिर बसेर आईभने मेरो मनले के ठान्छ भनेर पनि सोच्नु नपर्ने हो र ? कतिपाए बिबाहित पुरुषका साथीहरुले घर छि’टो जाने केटालाई जो’ईटिङ्ग्रे नि भन्दा रहेछन् । यहि ड’रले श्रीमती’लाई भन्दा बढि समय साथीभाईलाई दिने गरेको पाईन्छ । के पुरुष स्वा’भिमान भनेको आफ्नी स्वास्नी संग नझुक्नु हो ? श्रीमतीको महत्वलाई बुझेर सकेजति माया र साथ दिनेहरु पो त पुरुष ।

एउटी नारीको मनमा बस्न पाउनु नै पुरुषको ठुलो भाग्य हो , उसले जति प्रेम दिन्छ बदलामा श्रीमतीले उसलाई लाखौं गुणा बढि माया गर्न सक्छे । किनभने स्व’भावैले नारी कोमल हुन्छन् । सबै पुरुषले आफ्ना श्रीमतीलाई यसरी माया गरिदीउँ की कहिल्यै श्रीमतीको नजर र कानुनी दायरामा आफु ब’ला’त्का’रीका रुपमा उभिनु नपरोस् । – सुष्मा देवकोटा

तपाईलाई यो खबर कस्तो लाग्यो