आजदेखि युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला,कति कित्ता आवेदन दिँदा ठिक ?

vibes nepal / बिहिबार, असार २४, २०७८ मा प्रकाशित

आजदेखि युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला,कति कित्ता आवेदन दिँदा ठिक ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ आज (असार २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

 

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

कति दिने आवेदन ?

 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

 

आवेदन कहिलेसम्म दिन सकिन्छ ?

 

लगानीकर्ताले उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

कहाँ-कहाँबाट दिने आवेदन ?

 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

 

रेटिङ कति ?

 

इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

 

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

    “ भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना    तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com   मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित     अपडेटका लागि हाम्रो फेसबुक https://www.facebook.com/VibesNepalOfficial/ पेजका साथै ट्वीटर र युटुबमा    हामीलाई फलो गर्न सक्नुहुन्छ । “

तपाईलाई यो खबर कस्तो लाग्यो